२०८३ साउन १२ मंगलबार

भक्तपुर गठ्ठाघरमा स्विच अन, गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्य

ई आर्थिक    मंगलबार, भाद्र ५ २०८०
6.3K
Shares
भक्तपुर गठ्ठाघरमा स्विच अन, गुणस्तरीय उत्पादन उपलब्ध गराउने उद्देश्य

ई–आर्थिक, काठमाडौं । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरूको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरमा आफ्नो नयाँ आउटलेटको भव्य उद्घाटन गरेको छ । सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र श्रीमती सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स) द्वारा उद्घाटन गरिएको उक्त स्विचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु हो ।

नक्साल, काठमाडौँमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरूको लागि लोकप्रियता पाएको छ । ग्राहकहरूलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता, र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको छ ।

‘स्विचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ,“ हिम इलेकट्रोनिक्सकी निर्देशिका श्रीमती सीमा गोल्छाले बताइन्। “हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरू पूरा गर्दै उपकरण र उत्पादनहरूको विस्तृत शृङ्खला प्रदान गर्न समर्पित छ। हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ ।’

स्विचअन रिटेल, भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरू प्रदर्शन गर्नेछ, जाहाँ प्रतिष्ठित ब्रान्डहरूका टिभी, फ्रिजदेखि लिएर बल्ब जस्ता विद्युतीय वस्तुहरू सबै पाईनेछ । अत्याधुनिक इलेकट्रोनिक्स र स्टाइलिश घडीहरू सहित, नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभवको ग्यारेन्टी दिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij