२०८३ साउन १७ आइतबार

तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयर निष्कासन

ई आर्थिक    बिहिबार, साउन ३२ २०८०
4.2K
Shares
तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद शेयर निष्कासन

ई–आर्थिक, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले हकप्रद शेयर निष्कासन गरेको छ ।

बिहीबार जारी गरिएको सूचना अनुसार भदौ १८ गतेदेखि असोज ७ गतेसम्म शेयरधनीले आवेदन पेश गर्न सकिने आयोजनाले जनाएको छ ।

हकप्रद शेयर डिम्याटको माध्यमबाट मेरो शेयरबाट तथा आयोजनाले तोकेको बैंकबाट आवेदन पेश गर्न सकिनेछ । १ः१ का दरले शेयर निष्कासन भएकाले शेयर धनीसँग अहिले जति कित्ता शेयर छ, त्यही बराबरको शेयर कित्ताको आवेदन दिन सकिनेछ ।

प्रतिकित्ता सय रुपियाँका दरले आयोजनाले १० करोड ५९ लाख कित्ता शेयर निष्कासन गरेको आयोजनाले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij