२०८३ साउन १२ मंगलबार

राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

ई आर्थिक    शनिबार, साउन ६ २०८०
5.6K
Shares
राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने भ्रमणका लागि आज इटाली प्रस्थान गर्नुभएको छ । इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१४ पछि हुन लागेको यो महत्वपूर्ण भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहनुभएका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुषाल, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij