२०८३ साउन ११ सोमबार

आ.ब. २०७९/०८० मा ४२ कम्पनीको २२ अर्ब ३७ करोड ८६ लाख बराबरको आईपीओ निष्कासन गर्न अनुमति

ई आर्थिक    सोमबार, साउन १ २०८०
7.4K
Shares
आ.ब. २०७९/०८० मा ४२ कम्पनीको २२ अर्ब ३७ करोड ८६  लाख बराबरको आईपीओ निष्कासन गर्न अनुमति

आईपीओ निष्काशन गर्न अनुमति पाएका मध्ये अधिकांश जलविद्युत कम्पनी

ई–आर्थिक, काठमाडौं । गएको एक बर्षमा ४२ ओटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् । गत आर्थिक वर्ष आव २०७९/८० मा ४२ ओटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ५० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७८/७९ मा २८ कम्पनीले मात्रै आईपीओ निष्कासन गर्न अनुमति पाएका  थिए ।

गत आर्थिक वर्षमा आईपीओ निष्कासन गर्न अनुमति पाएका कम्पनीहरूमध्ये अधिकांशले आईपीओ निष्कासन गरिसकेका छन् । एक वर्षमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये अधिकांश जलविद्युत कम्पनीहरू छन् ।

आईपीओ निष्कासन गर्न स्वीकृति पाएका कम्पनीहरूमध्ये २९ जलविद्युत कम्पनी, ४ लघुवित्त कम्पनी, ४ बीमा कम्पनी, २ अन्य कम्पनी र होटल, लगानी र उत्पादन तथा प्रशोधन समूहका एक एक कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

सेबोनले रू. २२ अर्ब ३७ करोड ८६ लाख बराबरको १३ करोड ५२ लाख ३९ हजार ९९४ कित्ता आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij