२०८३ साउन १४ बिहिबार

एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा संचालक समिति गठन

ई आर्थिक    बुधबार, असार २० २०८०
13.1K
Shares
एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा संचालक समिति गठन

ई–आर्थिक, काठमाडौं । एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार संचालक समिति गठन गरेको छ । सात सदस्यीय संचालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन चयन भएका छन् । त्यसैगरी महालक्ष्मी लाईफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित हुनु भएको छ । त्यस्तै सर्वसाधारण समूहबाट भने दिपक पाण्डे र शंकर गौतम मनोनित हुनु भएको छ ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यीय संचालक समिति गठन गर्ने सहमति भएको थियो ।
स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ ।

संचालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij