२०८३ साउन १२ मंगलबार

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्याधिक, राष्ट्र बैंकले २० अर्ब माग्दा २९ अर्ब हाराहारीको आवेदन

ई आर्थिक    बुधबार, असार २० २०८०
4.9K
Shares
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्याधिक, राष्ट्र बैंकले २० अर्ब माग्दा २९ अर्ब हाराहारीको आवेदन

ई–आर्थिक, काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्याधिक देखिएको छ । नेपाल राष्ट्र बैंकले २० अर्ब खिच्न खोज्दा बैंक वित्तीय संस्थाहरुले झण्डै २९ अर्ब रुपैयाँको आबेदन दिएका छन् । यसले पनि बैंक वित्तीय क्षेत्रमा लगानीयोग्य रकम पर्याप्त रहेको पुष्टि गर्दछ ।

राष्ट्र बैंकले २० अर्ब माग्दा बैंक वित्तीय संस्थाले २८ अर्ब ८० करोडको आवेदन दिएका छन् । राष्ट्र बैंकले रिभर्स रिपोमार्फत मंगलबार २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको हो ।

बोलकबोलमार्फत सोको भारित औसत ब्याजदर ५.०५९१ प्रतिशत कायम भएको छ । अर्थात् अधिकतम ५.३७ देखि न्यूनतम ४.४९ प्रतिशत ब्याजदर कायम भएको छ । ११ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । राष्ट्र बैंकले असार २९ गतेसम्मका लागि (१० दिने अवधिको) बोलकबोलमार्फत २० अर्ब खिचेको छ ।

यही असारमा राष्ट्र बैंकले दुई पटक गरेर करिब २३ अर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । २०७९ माघ १२ गते ५ अर्ब रुपैयाँ तानेपछि असारमा मात्रै बैंकिङ प्रणालीबाट पैसा खिचिएको हो ।

बैंकिङ प्रणालीमा हाल ३ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि अन्तर बैंकदर, ट्रेजरी बिलको दर पनि घट्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij