२०८३ भाद्र २५ बिहिबार

१७ र्औं भारतीय सहकारी महासम्मेलनका सहभागी सहकारीकर्मी नयाँ दिल्लीमा

ई आर्थिक    आइतबार, असार १७ २०८०
6.9K
Shares
१७ र्औं भारतीय सहकारी महासम्मेलनका सहभागी सहकारीकर्मी नयाँ दिल्लीमा

ई–आर्थिक, काठमाडौं । नयाँ दिल्ली, भारतमा हुने १७ औं भारतीय सहकारी महासम्मेलनमा नेपालको सहकारी अभियानको तर्फबाट राष्ट्रि«य सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल सहित १२ जना सहकारीकर्मीहरुको सहभागिता हुने भएको छ ।

महासंघका निवर्तमान अध्यक्ष केशव वडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश प्रसाद पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा महासंघका संचालक के.वी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष तथा महासंघका संचालक खेम वहादुर पाठक, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ लि. चितवनका कोषाध्यक्ष शरद कुमार वर्तौला, विरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्था, सुर्खेतका अध्यक्ष वम बहादुर वि.सी, मेची वहुउद्देश्यीय सहकारी संस्था, झापाका अध्यक्ष नारायण प्रसाद भट्टराईको सहभागिता हुने भएको छ । महासम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव डा. दामोदर रेग्मीको समेत सेसनमा मूख्य वक्ताका रूपमा सहभागिता हुने भएको छ ।

सहभागी टोलीहरूको विदाई कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेलले भारतीय सहकारी अभियानको उपलव्धी नेपाली सहकारीकर्मीहरूका लागि सिकाईमुलुक हुने हुदा महासम्मेलनमा सहभागिता महत्वपूर्ण भएको वताउनुभएको छ । सोही कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष बडालले सवै नेपाली सहकारीकर्मीहरुको सक्रिय सहभागिता हुने कुरामा आफू विश्वस्त रहेको वताउनु भयो ।

यसैगरी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले महासम्मेलन उस्चस्तरको कार्यक्रम भएकोले हरेक सहभागीले अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले १७ औं भारतीय सहकारी महासम्मेलनका वारेमा संक्षिप्त जानकारी गराउदै सम्पूर्ण सहभागीहरूलाई अनुभव तथा सिकाई शेयर गर्न समेत अनुरोध गर्नु भयो । कार्यक्रमको सञ्चालन महासंघका नायब महाप्रबन्धक सुरेश थापाले गर्नु भएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटन हुने उक्त ऐतिहासिक महासम्मेलन अनलाइनमाध्यमबाट प्रत्यक्ष हेर्नका लागि आयोजकद्धारा व्यवस्था भएको समेत महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij