२०८३ साउन ११ सोमबार

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छूट

ई आर्थिक    सोमबार, असार ११ २०८०
4.8K
Shares
सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छूट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौं टोखास्थित ‘टोखा केब फनपार्क प्रालि’ले छूट दिने भएको छ । बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीमा बैंकका ग्राहकले फनपार्कमा १५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij