२०८३ असोज ८ बिहिबार

सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा छूट

ई आर्थिक    आइतबार, जेष्ठ ७ २०८०
4K
Shares
सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा छूट

ई–आर्थिक, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको ठमेलस्थित अजा डायनास्टीले छूट दिने भएको छ । बैंकका कार्डवाहक ग्राहकलाई डायनास्टीले छूट दिने सम्झौता गरिएको हो ।

सो सम्झौतापश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले डायनास्टीमा १० प्रतिशतसम्मको छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी प्रोत्साहनका लागि समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको बैंकले जानकारी दिएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij