२०८३ साउन १४ बिहिबार

अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन, दुई जना बिरामी

ई आर्थिक    शनिबार, असार ९ २०८०
3K
Shares
अखाद्य वस्तु सेवन गर्दा दुईजनाको निधन, दुई जना बिरामी

ई–आर्थिक, बर्दिया । बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’ जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले बताउनुभयो ।

साथै तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगतकुमारी गुरुङ गम्भीर बिरामी परेका छन् । उनीहरुलाई गए राति नै उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रनाउ जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij