२०८३ साउन १४ बिहिबार

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

ई आर्थिक    आइतबार, जेष्ठ १४ २०८०
5.8K
Shares
नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतबाट पारित

ई–आर्थिक, काठमाडौं । नेपाल सरकारले प्रस्तुत गरेको नयाँ आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडलले जेठ ५ गते संघीय संसद्का दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमलाई आज बसेको संसद्को बैठकले पारित गरेको हो ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०-८१ को नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको बताउनुभयो ।

यसअघि सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij