२०८३ साउन १५ शुक्रबार

साउदीको रियादमा रहेको नेपाली दूतावासले दुुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति दिन सुरू

ई आर्थिक    बुधबार, बैशाख २७ २०८०
7.5K
Shares
साउदीको रियादमा रहेको नेपाली दूतावासले दुुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति दिन सुरू

ई–आर्थिक, काठमाडौं । साउदीको रियादमा रहेको नेपाली दूतावासले साउदीको दुुई ठाउँबाट अनलाइनबाट पुनः श्रम स्वीकृति (नवीकरण) दिन थालेको छ । दूतावासका अनुसार गएको आइतबार २४ गतेदेखि दूतावास रियाद र साउदीकै जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासबाट पुुनः श्रम स्वीकृति दिन थालेको हो ।

पुुनः श्रम स्वीकृतिको सेवा सुुरु भएसँगै साउदीमा रहेका नेपाली श्रमिक करार थप गरेर साउदीमै बस्न चाहेमा रियादमा रहेको दूतावास र महावाणिज्य दूतावास रहेको जेद्दाबाट पुुनः श्रम स्वीकृति लिन सक्ने छन् । पुुनः श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइन आवेदन दिन सकिने दूतावासले जनाएको छ ।

दूतावासमा आवेदन दिनका लागि राहदानी, इकमाको प्रतिलिपि रिइन्ट्री भिसा (छुट्टीको कागज) भएकाले त्यस भिसाको प्रतिलिपि उपलब्ध गराउनुुपर्ने छ । साथै यसअघि श्रम स्वीकृति लिँदाको र अहिले कार्यरत रहेको कम्पनी फरक फरक भएमा अहिले कार्यरत कम्पनीसँग गरिएको करार सम्झौतापत्रका साथै सवारीचालकको हकमा साउदी अरबबाट जारी भएको सवारीचालक अनुमतिपत्र पनि आवश्यक पर्ने दूतावासले जनाएको छ । यस्तै साउदीमा कार्यरत रहेका घरेलु श्रमिकले पनि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछ । साउदीमा घरेलु श्रमिकका रूपमा कार्यरत रहेकाले पुनः श्रम स्वीकृति लिनका लागि रोजगारदाता (कफिलको आइडी)को परिचयपत्र, तलब, भत्तालगायत अन्य सेवासुविधा खुलेको करार सम्झौतापत्र र स्वघोषणापत्र पनि पेस गर्नुपर्छ ।

आवेदन दिएपछि दूतावासबाटै पुनः श्रम स्वीकृति लिन सकिन्छ । यसअघि मलेसिया र कतारमा रहेको नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृति दिन थालिसकेका छन् । कतारमा रहेको दूतावासले यही वैशाख १२ देखि र मलेसियाले वैशाख १५ देखि अनलाइनमार्फत पुुनः श्रम स्वीकृति दिन थालेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले अनलाइनबाटै श्रम स्वीकृति दिन सकिने व्यवस्था भए पनि कुनै कागजात वा केही प्रव्रिmया नमिल्दा श्रम स्वीकृति लिनका लागि लागि नेपाल आउनुपर्ने बाध्यता कायम रहेकाले यो समस्या समाधानका लागि दूतावासबाट पुुनः श्रम स्वीकृतिको दिन व्यवस्था गरिएको जानकारी दिनुुभयो ।

उहाँका अनुसार दूतावासबाट पुुनः श्रम स्वीकृति दिन थालेसँगै विदेशमा श्रम स्वीकृतिबिना बस्ने र सोही व्रmममा दुुर्घटनामा परी मृत्यु वा अङ्गभङ्ग भएर पनि सरकारबाट प्राप्त गर्ने आर्थिक सहायताबापतको रकमबाट वञ्चित हुुनुपर्ने अवस्था नआओस् भन्ने हो । सचिव अर्यालले विदेशमा काम गर्ने श्रमिकलाई सकिनेबित्तिकै तोकिएको ठाउँ जुुन नजिक पर्छ, सोही ठाउँको दूतावास वा महावाणिज्य दूतावासमा अनलाइनमार्फत आवश्यक कागजातसहित आवेदन दिन आग्रह गर्नुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij