२०८३ साउन १४ बिहिबार

समृद्धि फाइनान्सद्वारा फलफूल, जुस र खाद्यन्न वितरण कार्यक्रमको आयोजना

ई आर्थिक    आइतबार, बैशाख २४ २०८०
4K
Shares
समृद्धि फाइनान्सद्वारा फलफूल, जुस र खाद्यन्न वितरण कार्यक्रमको आयोजना

ई–आर्थिक, काठमाडौं । समृद्धि फाइनान्सले शुक्रवार २५६७औं बुद्ध जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । फाइनान्सको बुटवल शाखा कार्यालयले बुटवलस्थित पद्म चैत्य विहारमा फलफूल तथा जुस वितरण गरेको छ । साथै हेटौंडा शाखाले जिक्देन शिवा छेत्रालिङ गुम्बालाई खाद्यान्न वितरण गरेको छ ।

फाइनान्सले चण्डेश्वरी जात्राको अवसरमा शनिवार बनेपा शाखा कार्यालयबाट जात्रामा उपस्थित भक्तजन तथा आगन्तुकलाई पानी तथा जुस वितरण गरेको छ । फाइनान्सले हाल आठओटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

आरटीजीएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायत बैंकिङ र विभिन्न डिजिटल सुविधाका साथै बचत खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेको फाइनान्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij