२०८३ भाद्र २५ बिहिबार

सहकारीमा साइबर जोखिम घटाउन जीनव र क्रिप्टोजेनबीच सहकार्य

ई आर्थिक    सोमबार, बैशाख १८ २०८०
4.7K
Shares
सहकारीमा साइबर जोखिम घटाउन जीनव र क्रिप्टोजेनबीच सहकार्य

ई–आर्थिक, काठमाडौं । सहकारी संघसंस्थामा हुने साइबर जोखिम व्यवस्थापन गर्न जीनव इन्क र क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । जीनव सहकारी सफ्टवेयरमा र क्रिप्टोजेन साइबर सुरक्षामा काम गरिरहेको कम्पनी हो । सम्झौतामा जीनवका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजीव कर्ण र क्रिप्टोजेन नेपालका सीटीओ निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा सहकारी संस्थामा साइबर सुरक्षाको फ्रेमवर्क तयार पारेर साना साना जोखिमको पहिचान गरी सुरक्षित राख्न सघाउने उल्लेख छ । सहकारी संस्थामा विभिन्न प्रकारका साइबर आक्रमण रोक्न यो सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

नेपालमा साइबर आक्रमण बढिरहेको र त्यसमा सहकारी संस्था पनि जोखिममा रहेकाले सहकारी संघसंस्थालाई सेवा दिने उद्देश्यले क्रिप्टोजेनसँग सहकार्य गरेको जीनवका सीईओ कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij