२०८३ भाद्र २५ बिहिबार

सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा

ई आर्थिक    आइतबार, चैत्र १९ २०७९
5.7K
Shares
सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा

लुम्बिनी । देवदह नगरपालिकामा कृषिउपज संकलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे ।

उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । सो अवसरमा सभामुख मगरले सहकारीहरू सहकारीको स्थापित मान्यताबाट विमुख हुन नहुने उल्लेख गरे । उनले केही सहकारीका व्यवस्थापकमाथि आर्थिक हिनामिनाको आरोप लागेको प्रसंग उल्लेख गर्दै जनताको लगानीको सुरक्षा र सामूहिक उत्पादनमा सहकारीले जोड दिनुपर्ने बताए ।

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताए । नगरपालिकामा शीतभण्डार निर्माणका क्रममा रहेको र उत्पादन बढाउन तथा त्यसलाई सुरक्षित राखेर बजारमा पुर्‍याउन यसबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले देवदहको उत्पादन बिक्री गर्न निर्माण गरिएको कोशेली घर पनि चाँडै सञ्चालनमा आउन लागेको उल्लेख गरे ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासविना देशको विकास सम्भव नहुने बताए । उनले देशमा बहुसंख्यक नागरिक कृषिमा आबद्ध रहे पनि उनीहरूले पर्याप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै कृषिकर्म गरेर कमाउन सक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij