२०८३ साउन १२ मंगलबार

विदेशी लगानी प्रतिबद्धता १८ अर्ब, भित्रियो पौने ३ अर्ब

ई आर्थिक    शुक्रबार, चैत्र ३ २०७९
5.2K
Shares
विदेशी लगानी प्रतिबद्धता १८ अर्ब, भित्रियो पौने ३ अर्ब

मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि गत साउन र भदौमा खुद विदेशी लगानी ऋणात्मक

काठमाडौँ : चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघ) सम्ममा नेपालमा कुल २ अर्ब ८४ करोड रुपैयाँ मात्र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) भित्रिएको छ । नेपालमा गत आर्थिक वर्षदेखि नै विदेशी लगानी तीव्र दरमा घट्न थालेको हो ।

उक्त वर्षमा पनि भदौबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । चालु आर्थिक वर्षको सुरुदेखि नै सोही प्रवृत्ति दोहोरिएको छ । यसअनुसार गत साउनदेखि माघसम्म सबै महिना विदेशी लगानी उच्च दरले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

चालु आर्थिक वर्षका पहिलो २ महिना (साउन र भदौ) मा खुद विदेशी लगानी ऋणात्मक थियो । यसअनुसार साउनमा १ अर्ब ४० करोड र भदौसम्ममा ८० करोड रुपैयाँले खुद विदेशी लगानी ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्यांक छ । यद्यपि साउनमा ४० करोड ९६ लाख र भदौमा ५८ करोड ८० लाख रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । चालु आर्थिक वर्षको सुरुमै पोखरास्थित मणिपाल कलेजबाट १ अर्ब ८० करोड रुपैयाँ विदेशी लगानी बाहिरिएपछि आर्थिक वर्षको पहिलो दुई महिनामा खुद विदेशी लगानी ऋणात्मक देखिएको हो । यही कारण सात महिनासम्ममा खुद विदेशी लगानी १ अर्ब ३ करोड मात्र रहेको राष्ट्र बैंकको मासिक तथ्यांकले देखाएको छ । यही तथ्यांकका आधारमा गत आर्थिक वर्षको सात महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको खुद विदेशी लगानी करिब साढे ९३ प्रतिशतले घटेको हो ।

०७८ माघसम्म १६ अर्ब २९ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो । बाहिरिएको विदेशी लगानी नहेरी नेपाल भित्रिएको रकम मात्र जोड्दा चालु आर्थिक वर्षको सात महिनामा कुल २ अर्ब ८४ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको देखिन्छ । सोही अवधिमा नेपालबाट फिर्ता भएको रकम घटाउँदा खुद विदेशी लगानी कम देखिएको हो । गत असोजदेखि भने खुद प्रत्यक्ष विदेशी लगानीको वृद्धिदर पनि सकारात्मक हुन थालेको थियो । राष्ट्र बैंकका अनुसार गत असोजमा करिब ८८ करोड ९३ लाख, कात्तिकमा ३४ करोड ९६ लाख, मंसिरमा १७ करोड ५८ लाख, पुसमा १४ करोड ४५ लाख र माघमा २८ करोड ५९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको छ । यसरी नेपालमा भित्रिएको विदेशी लगानी सोही अवधिमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धताभन्दा निकै कम हो ।

गत साउनदेखि माघसम्म नेपालमा १ सय ४४ वटा आयोजनाका लागि १८ अर्ब ६३ करोड रुपैयाँको प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांक छ । यो चालु आर्थिक वर्षको सात महिनामा उद्योग विभागले स्वीकृत गरेको विदेशी लगानी प्रतिबद्धता रकम हो । तर, सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ मात्र विदेशी लगानी भित्रिएको छ । गत माघमा मात्रै १ अर्ब ३९ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । सोही अवधिमा वास्तविक रूपमा नेपाल भित्रिएको विदेशी लगानी ६६ करोड रुपैयाँ मात्र हो ।

प्रतिबद्धता भएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने हुँदैन । सरकारले विदेशी लगानी स्वीकृत गर्दा लगानीकर्तालाई चरणबद्ध रूपमा (किस्तामा) लगानी भित्र्याउने अनुमति दिएको हुन्छ । यसकारण गत माघसम्ममा १८ अर्बको लगानी प्रतिबद्धता भएकामा १ अर्ब रुपैयाँ मात्र रकम भित्रियो भनेर विश्लेषण गरिहाल्न नमिल्ने जानकारहरू बताउँछन् । यद्यपि लगानीका लागि भएको प्रतिबद्धताको तुलनामा निकै कम मात्र विदेशी लगानी आउने गरेको उनीहरू स्विकार्छन् ।

नेपालमा विदेशी लगानी निरन्तर घट्नुको पहिलो कारण राज्यले उपयुक्त लगानी वातावरण बनाउन नसक्नु नै भएको अर्थविद् केशव आचार्यको भनाइ छ । ‘जबसम्म स्वदेशी लगानीकर्ताले लगानी थप्न चाहँदैनन्, तबसम्म विदेशी लगानीकर्ता ठूलो पुँजीका साथ आउलान् भनेर सोच्नु मूर्खता हो,’ उनले भने, ‘विदेशी लगानीकर्तालाई आकर्षित गर्न सुरुमा स्वदेशी लगानीकर्तालाई मेरो लगानी सुरक्षित छ र त्यसबाट उचित प्रतिफल पनि लिन सकिन्छ भनेर राज्यले आश्वस्त गर्न सक्नुपर्छ । त्यसपछि विदेशी लगानीकर्ता आफैं आउँछन् ।’

धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन नेपालले धेरै नीतिगत र संरचनात्मक सुधार गर्नुपर्ने भए पनि सुरुमा स्वदेशी लगानीकर्ताले लगानी विस्तार गर्ने वातावरण निर्माण गर्नु नै मुख्य काम भएको उनले बताए ।

‘भारतीय प्रसारण लाइनमा एउटै शुल्क लागू भएको धेरै समय भइसक्यो । यसको पुनरावलोकन नै हाम्रो मुख्य एजेन्डा हो,’ प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने । यसअघि ११औं पीईसी बैठकले निर्धारण गरेको शुल्कअनुसार बैठकले १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने (प्रसारण लाइनको भाडा) विद्युत्को प्रतियुनिट भारु क्रमशः ५.५५, ६ र ६.४५ तय गरेको थियो । १२औं र १३औं बैठकले सोही मूल्यलाई यथावत् राख्ने निर्णय गर्‍यो । नेपालले अहिले भारतीय प्रतिस्पर्धी बजारबाट बोलकबोलका आधारमा बिजुली–आयात निर्यात गरिरहेको छ ।

बैठकमा नेपालले अन्य पोइन्टबाट पनि बिजुली लिन भारतसँग आग्रह गर्ने प्रवक्ता भट्टराईले जनाए । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् व्यापार हुँदै आएको छ । पहिलो पटक नेपालले बिहारबाट ५ मेगावाट बिजुली आयात गरेको थियो । व्यापारिक रूपमा विद्युत् आदानप्रदान सम्झौता (पावर एक्सचेन्ज) र महाकाली सन्धिअन्तर्गतको बिजुली नेपालले भारतबाट ल्याइरहेको छ । हिउँदका बेला खोलानदीमा पानी घटेपछि रन अफ रिभर प्रकृतिका विद्युत् आयोजनाको उत्पादन कम भएपछि भारतबाट बिजुली आयात गरी माग धानिरहेको समाचार यज्ञ बञ्जाडेले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij