२०८३ भाद्र २५ बिहिबार

बाह्रबुँदे साझा सङ्कल्प जारी गर्दै सीईओ वर्कसप सम्पन्न, स्वस्थ र सुरक्षित सहकारी निर्माण गरिने

ई आर्थिक    शनिबार, फाल्गुन २७ २०७९
6.6K
Shares
बाह्रबुँदे साझा सङ्कल्प जारी गर्दै सीईओ वर्कसप सम्पन्न, स्वस्थ र सुरक्षित सहकारी निर्माण गरिने

काठमाडौँ । बचत तथा ऋण सहकारी संस्थाको संस्थागत विकास र सुदृढीकरण गर्ने सङ्कल्प गर्दै व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीईओ वर्कसप) सम्पन्न भएको छ ।

कोभिड–१९ पश्चात् अर्थव्यवस्थामा आएको परिवर्तन र बचत तथा ऋण सहकारी संस्था (साकोस)मा परेको प्रभावबाट संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाको समीक्षा गरी सन्तुलन कायम गर्दै स्वस्थ र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने गोष्ठीले सङ्कल्प गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन)ले बुधबार र बिहीबार आयोजना गरेको व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी १२ बुँदे साझा सङ्कल्प जारी गर्दै सम्पन्न भएको हो । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयविज्ञ तथा स्रोत व्यक्तिहरूको प्रस्तुतीकरण थियो ।

कार्यक्रममा देशभरका करिब ४५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सीईओ)को सहभागिता थियो । गोष्ठीमा सहभागी सीईओहरूले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने सङ्कल्प प्रस्ताव पारित गरेका छन् । गोष्ठीले अलग्गै बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरवी गर्ने सङ्कल्पसमेत पारित गरेको छ । एकीकृत स्वनियमन मार्गनिर्देशन पालन गर्ने, संस्थागत विकास र सुदृढीकरणका लागि स्तरीकरण कार्यक्रममा आबद्ध हुने र सुरक्षित संस्था निर्माण गर्न पल्र्स प्रणालीको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता सीईओहरूले गरेका छन् ।

त्यस्तै बाध्यकारी नियमकीय प्रबन्ध पूर्ण रूपमा कार्यान्वयन गर्ने, जोखिमको व्यवस्थापन गर्न संस्थागत पुँजी कम्तीमा ५ प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध हुने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

नेफ्स्कुनका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक पनेरूले साझा सङ्कल्प वाचन गर्नुभएको थियो । साझा सङ्कल्प वाचन गर्दै पनेरूले सहकारी अभियानको वर्तमान समस्या सम्बोधनमा दिशानिर्देशन गर्ने बताउनुभयो ।

कोभिड–१९ पश्चात् तरलतालगायतका कारण सङ्कटोन्मुख साकोसको सुरक्षाका लागि स्वजागरण सहजीकरण विकास गरी सङ्घमार्फत कार्यान्वयन गर्ने तथा संस्थाका लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्ध (कोपोमिस, गोएएमएल) पूर्ण रूपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरूमा सङ्घबाट सहजीकरणको व्यवस्था गराउने सङ्कल्प गोष्ठीले पारित गरेको छ ।

वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धति र प्रविधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवासुविधा तथा सुरक्षाका न्यूनतम सर्त संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको सहभागिताका कार्यशाला आयोजना गर्ने गोष्ठीको सङ्कल्प छ ।

न्यून लागतमा समावेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाका रूपमा प्रविधि विकासमा योगदान गर्ने र उपलब्ध भएसम्म सञ्जालको साझा प्रविधिको उपयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

प्रस्तावित ११ साझा संकल्प जस्ताको तस्तै

१. बचत तथा ऋण सहकारीहरुको सेवा स्तरीकरण, संस्थागत दिगोपना र अलग्गै पहिचानका लागि नीतिगत वातावरण तयार गर्न बचत तथा ऋण सहकारी ऐन निर्माणका लागि ऐक्यबद्धता र आवश्यक पैरबी गर्ने ।

२. नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कून) का सदस्य संघ संस्थाहरुलाई जारी गरिएको एकिकृत स्वनीयमन मार्गनिर्देशन पालन गर्ने ।

३. बचत तथा ऋण सहकारीहरुको छवी संरक्षण र प्रबिधी हस्तान्तरणका लागि विकास भएका स्तरीकरण (एक्सेस, प्रोवेसन तथा कब्र्स) कार्यक्रमहरुमा सहभागि भइ संस्थागत विकास र सुदृढिकरण गर्ने ।

४. कोभिड–१९ पश्चात वृहत अर्थव्यवस्थामा आएको बदलाव र सो को बचत तथा ऋण सहकारीहरुमा परेको प्रभाववाट सदस्यहरु र संस्थाको संरक्षणका लागि संस्थाको आकार, संरचना र योजनाहरुको समिक्षा गरी सन्तुलन कायम मार्फत स्वस्थ्य र सुरक्षित साकोस निर्माण गर्न पल्र्स प्रणालीको पुर्ण कार्यान्वयन गर्ने।

५. कोभिड–१९ पश्चात तरलता लगायत कारणले संकट उन्मुख साकोसहरुको सुरक्षाका लागि स्व जागरण सहजिकरण विकास गरी संघ मार्फत कार्यान्वयन गर्ने । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी सकारात्मक लेख रचनाहरु नियमित सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशन गर्ने

६. वित्तीय सहकारीको दर्शन र मुल्यमा आधारित व्यवसायिक जनशक्ति विकासका लागि निरन्तर प्रणाली, पद्धती र प्रबिधिको अवलम्बन गर्न श्रम ऐनले तोकेका सेवा सुबिधा तथा सुरक्षाका न्यूनतम शर्तहरु संस्थामा पालन गराउने र जनशक्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन नेफ्स्कून साकोस म्यानेजर्स क्लवको सहभागिताका कार्यशाला आयोजना गर्ने ।

७. बचत तथा ऋण सहकारीहरुको लागि व्यवस्था गरिएका बाध्यकारी नियामकीय प्रबन्धहरु९ कोपोमिस, गो ए एम एल० पुर्णरुपमा कार्यान्वयन गर्ने र कार्यान्वयनमा कठिन भएका क्षेत्रहरुमा संघवाट सहजिकरणको व्यवस्था गराउने ।

८. वाह्य तथा आन्तरिक रुपमा देखा पर्ने जोखिमहरुको व्यवस्थापन गर्न संस्थागत पूँजी कम्तीमा पाँच प्रतिशत कायम गरी स्थिरीकरण कोषमा आबद्ध भइ नियमित जोखिम सुपरिवेक्षण गर्ने र व्यवस्थापनमा पहिला सुरक्षाको सिद्धान्त कर्यान्वयन गर्ने ।

९. न्यून लागतमा समाबेशी वित्तीय सेवा समुदायका सबै वर्गमा प्रवाह गर्न सञ्जालको साझा सेवाको रुपमा प्रबिधि विकासमा योगदान गर्ने र उपलब्ध भए सम्म सञ्जालको साझा प्रबिधिको उपयोग गर्ने ।

१०. सदस्यहरुको समृद्धि र वास्तविक अर्थव्यवस्थामा नै योगदानका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न पाँच करोड भन्दा माथि कारोवार गर्ने सबैले अनिवाय व्यवसाय विकास सेवा कक्ष स्थापना र जनशक्ति व्यवस्थापन मार्फत सदस्यहरुलाई व्यवसाय विकास सेवा उपलब्ध गराउने ।

११. साकोस एकरुपता प्रणाली कार्यान्वयन करारीय सम्झौता मार्फत गर्न नेफ्स्कूनसँग सम्झौता गरी कार्यान्वयन कार्यान्वयन सुनिश्चितता गर्ने र सञ्जालको सक्षमता विकासका लागि संस्थाको वित्तीय तथा गैर वित्तीय स्रोत सञ्जाल मार्फत परिचान गर्न संघ संस्थको तोकीएको तथ्याङक तोकिएको ढाँचामा तोकिएको समयमा नै उपलब्ध गराउने ।

उपरोक्त प्रतिवद्धताहरु संघ संस्थामा नीतिगत व्यवस्था गरी क्रमश कायान्वयन गर्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij