२०८३ भाद्र २५ बिहिबार

नेपाल क्लियरिङ हाउस र नेफ्स्कूनबीच सम्झौता, सहकारीको भुक्तानी कारोबार डिजिटलाइज हुने

ई आर्थिक    शुक्रबार, फाल्गुन २६ २०७९
5.1K
Shares
नेपाल क्लियरिङ हाउस र नेफ्स्कूनबीच सम्झौता, सहकारीको भुक्तानी कारोबार डिजिटलाइज हुने

ई–आर्थिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल)मा सहकारी क्षेत्र पनि जोडिएको छ । सहकारीको भुक्तानी कारोबारलाई डिजिटलाइज गर्न गराउन एनसीएचएल र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)बीच सहकार्य भएको छ । काठमाडौंमा जारी सीइओ वर्कशपमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतामा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै नेफ्स्कूनले निर्माण गरेको मीरा ईआरपी सफ्टवेयर प्रयोग गर्ने संस्थाका सदस्यहरूले बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर, बैंक तथा वित्तीय संस्थाबाट सहकारीमा रकम ट्रान्सफर तथा विभिन्न युटिलिटी भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij