२०८३ साउन १६ शनिबार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विभिन्न विद्याका महिलालाई महिला चेम्बरको सम्मान कार्यक्रम

ई आर्थिक    बुधबार, फाल्गुन २४ २०७९
5.8K
Shares
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा विभिन्न विद्याका महिलालाई  महिला चेम्बरको सम्मान कार्यक्रम

ई–आर्थिक, काठमाडौं । नेपाल महिला चेम्बरले ११३औं अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न उद्यमी महिलालाई सम्मान गरेको छ । काठमाडौंको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा चेम्बरले उद्यमी महिलाहरूलाई सम्मानसहित विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

उद्योगतर्फ शुभद्रा अधिकारी ढकाल, निर्याततर्फ पार्वता खरेल बिमली, आईटीतर्फ न्हशला जोशी, कृषितर्फ सरिता भट्टराई श्रेष्ठ र स्वास्थ्यतर्फ स्वरूपा श्रेष्ठलाई सम्मान गरेको महिला चेम्बरले जानकारी दिएको छ ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले सामाजिक संरचना विविधतापूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा बढ्नु दुःखद भएको बताइन् । आधुनिक विश्वमा महिलालाई अगाडि बढ्न सहज देखिए पनि घर परिवारकै साथ नपाउँदा हरेकजसो क्षेत्रमा अगाडि बढ्न कठिन र चुनौतीपूर्ण हुने गरेको उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले ५० प्रतिशत हिस्सा ओगटेका महिला पछाडि पारिएको जिकीर गर्दै उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक, सांस्कृतिक, आर्थिक सम्पूर्ण रूपमा अघि ल्याउनुपर्नेमा जोड दिए । सो अवसरमा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले हरेक वर्ष हुने यस्ता कार्यक्रमले महिलालाई अघि बढ्न हौसला मिल्ने बताइन् । महिला सशक्तीकरणका लागि आर्थिक रूपमा स्वावलम्बी बन्नुपर्नेमा उनको जोड थियो ।

महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरेर महिला उद्यमशीलताको विकास गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij