२०८३ साउन २२ शुक्रबार

तीन सहकारीले एक करोड २५ लाख लगानीमा मह प्रशोधन उद्योग सञ्चालन

ई आर्थिक    शनिबार, फाल्गुन २० २०७९
11.9K
Shares
तीन सहकारीले एक करोड २५ लाख लगानीमा मह प्रशोधन उद्योग सञ्चालन

ई–आर्थिक, दमक । झापाको शिवसताक्षी नगरपालिकाका मौरीपालक महिलाको पहलमा झापामा पहिलो पटक मह प्रशोधन उद्योग स्थापना भएको छ ।

सतासी महिला मौरीपालन सहकारी संस्था, सहारा नेपाल र होक्से कृषि सहकारी संस्थाको एक करोड २५ लाख रुपियाँ लगानीमा सहारा सतासी महिला मौरी मह उद्योग सञ्चालनमा आएको हो ।

उद्योगकी संयोजक देवीकुमारी ओली दाहालका अनुसार उद्योग स्थापना नहुँदा मह बिक्री नहुने र खेर जाने अवस्था आएको थियो । यहाँ वार्षिक १० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन हुँदै आएको पनि दाहालले बताउनुभयो ।

यसअघि घरेलु प्रविधिबाट मह प्रशोधन गरेर बिक्री गरिँदै आएको थियो । अहिले आधुनिक मेसिनबाट मह प्रशोधन गरेकाले बजारीकरणमा पनि समस्या नहुने विश्वास किसानको छ । मह प्रशोधन उद्योगमा भेटिनुभएकी धनमाया पाठकका अनुसार पहिलेभन्दा थप गुणस्तरीय मह उत्पादन सुरु भएको छ । यस उद्योगमा अहिले सात जना महिलाले काम गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij