ई–आर्थिक, काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन ५ मेगावाट क्षमताको लंखुवाखोला साना जलविद्युत आयोजनाको बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
आयोजनाले ८० प्रतिशत निर्माणकार्य सम्पन्न भएसँगै पब्लिक सेयर निष्काशनका लागि आरबिबि मर्चेन्टसँग सम्झौता गरेको हो ।
सो सम्झौता–पत्रमा हाइड्रोपावरका प्रबन्ध निर्देशक श्रीराम देवकोटा र आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् । आरबिबि मर्चेन्ट बैंकिङ राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।