२०८३ साउन २२ शुक्रबार

सरकारद्वारा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

ई आर्थिक    शुक्रबार, फाल्गुन १९ २०७९
5.7K
Shares
सरकारद्वारा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको हो । किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको छ ।

एक मन्त्रीका अनुसार किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।

यसको भार सिधै उपभोक्तामा पर्नेछ । अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जाने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij