२०८३ साउन ११ सोमबार

अर्थ मन्त्रालयद्वारा माघसम्म २३ अर्ब रकमान्तर

ई आर्थिक    बुधबार, फाल्गुन १७ २०७९
3.1K
Shares
अर्थ मन्त्रालयद्वारा माघसम्म २३ अर्ब रकमान्तर

ई–आर्थिक, काठमाडौँ । चालू आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपियाँ रकमान्तर गरेको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार पुँजीगततर्फ एक करोड रुपियाँभन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपियाँ रकमान्तर भएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पुसमा मात्रै २२ अर्ब दुई करोड रुपियाँ रकमान्तर भएको छ ।

बजेट उपशीर्षकअन्तर्गत सबैभन्दा धेरै ट्रेजरी बिलको सावाँ भुक्तानी गर्न अपुग रकम व्यवस्थापन गर्न १२ अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जनाएको छ । त्यसपछि विकास ऋणको सावाँ भुक्तानतर्फबाट ट्रेजरी बिलको सावाँ भुक्तानीका लागि दस अर्ब रुपियाँ रकमान्तर गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले माघसम्म पाँच करोड रुपियाँभन्दा बढी आर्थिक सहायता उपलब्ध गराएको पनि जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाको नाममा पाँच करोड २१ लख रुपियाँ बराबर आर्थिक सहायता उपलब्ध गराएको तथ्याङ्क छ । यसबाहेक मन्त्रालयले अर्थ विविधि शीर्षकअन्तर्गत २१ अर्ब २० करोड रुपियाँ निकासा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij