२०८३ साउन १२ मंगलबार

निर्माण व्यवसायी महासंघका अध्यक्ष र नेपाली सेनाका प्रधान सेनापतिबीच भेट, नेपालीलाई नै ठेक्का दिन माग

ई आर्थिक    सोमबार, फाल्गुन १५ २०७९
6.1K
Shares
निर्माण व्यवसायी महासंघका अध्यक्ष र नेपाली सेनाका प्रधान सेनापतिबीच भेट, नेपालीलाई नै ठेक्का दिन माग

ई–आर्थिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी अन्तर्राष्ट्रिय स्तरको बोलपत्र भन्दा राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतवार नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेर यस्तो आग्रह गरेको हो ।

स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महशुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुने तर्क महासंघ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्मा समक्ष राखेको छ । प्रधानसेनापति शर्माले महासंघको अवधारणालाई सकारात्मक रुपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताए थिए ।

महासंघको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (ए.डी., महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij