२०८३ साउन १२ मंगलबार

सरकारले प्रविधिलाई प्राथमिकता दिन नसकेन चन्द्र ढकालको गुनासो

ई आर्थिक    बुधबार, माघ २५ २०७९
4.8K
Shares
सरकारले प्रविधिलाई प्राथमिकता दिन नसकेन चन्द्र ढकालको गुनासो

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको गुनासो गर्नुभएको छ ।

मंगलबार सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भए पनि सरकारले नेपाली इन्जिनियरले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली इन्जिनियरले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताउनुभयो। उहाँले नेपालका टेक्नोलोजी उत्पादन गर्ने प्राविधिक कमी नभएको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, ‘‘नेपाल आइटी सेक्टार वा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको छ। कतिपय नेपाली प्रोडेक्ट जो नेपाली आइटी इन्जिनियरले तयार गरेको सफ्टवेयर, डिजिटलाइज गर्ने कुराले हामी विश्वको कुनै पनि विदेशी आइटी कम्पनीको तुलनामा नेपालको आइटी प्रोफेसनल कमी छ भन्ने मलाई लाग्दैन।’’

उहाँले नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था रहेको बताउनुभयो। उहाँले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित प्रविधिलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘हाम्रो जीवनमा आउनेसक्ने टेक्नोलोजीको हिसाबले कताकता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्राथमिकता नदिएको हो कि भन्ने मलाई लाग्छ। नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिनसक्ने भन्ने किसिमको नीति रहेको छ। त्यही अनुरूप सरकारले टेक्नोलोजी उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयरलाई, टेक्नोलोजीलाई प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij