ई–आर्थिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो विरुद्धमा नियोजित रुपमा केही व्यक्ति तथा समूह लागेको बताएका छन् । आफू बोर्डमा अध्यक्ष भएर आएपछि दर्जन राम्रो काम गर्दा गर्दै पनि केही मिडियाले तथ्यहीन भ्रामक समाचार प्रकाशन गरेर आफ्नो चरीत्र हत्या गरेको अरोप उनले लगाएका हुन् ।
सोमबार प्रेस विज्ञप्तिमार्फत आफुलाइ लागेको आरोपको कटाक्ष १० बुँदेमा बोर्ड अध्यक्ष हमालले गरेका हुन । प्रेस विज्ञप्तिमा भनेका छन् –लामो समयदेखि रहन गएको नेतृत्व विहिनको अवस्थालाई चिर्दे लगानी एंव व्यबस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय लामो अनुभवलाई मध्यनजर गर्दे २०७८ फागुनमा नेपाल सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षको रुपमा मलाई नियुक्त गरेको कुरा यहाँहरु सबैलाई विदितै छ ।
तीन दशक लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा रहेर उक्त अवधिमा धितोपत्र बजारको विकास र विस्तारका क्रममा देखिएका व्यबस्थापकिय एंव अर्थतन्त्र बिस्तारमा नविनतम सुरुवात गरी नेपालको धितोपत्र बजारलाई अन्तराष्ट्रीय स्तरको बनाउने उद्देश्यका साथ मेरो नियुक्ति भएको थियो ।
केही समय यता बोर्ड अध्यक्षका रुपमा म विरुद्ध नियोजित रुममा केही समाचारहरु प्रकाशन भएकोमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
उल्लेखित समाचारमा लगाईएका आरोपहरु निराधार र कपोकल्पित छन । उक्त समाचार मार्फत मेरो चरित्र हत्या गर्न खोजिएको बिषयलाई मैले गम्भिर रुपमा लिएको छु । यस्तो तथ्यहीन भ्रामक समाचार प्रकाशन पत्रकारिताको मूल मान्यता, मर्म र सिद्धान्त अनुरुप हुनै सक्दैन ।
मेरो व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा प्रकाशित समाचारहरुका सम्बन्धमा करिव २० बर्ष देखी बिदेशमा रही बिज्ञको रुपमा काम गर्दा नेपाली नागरिकको हैसियतमा काम गरेको छु । मैले कुनै पनि कालखण्डमा नेपाली बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन । एउटा नेपाली नागरिक रहेर यो देशको सेवा गर्न पाउने विषयलाई मैले गर्वको रुपमा लिएको छु ।
गत बर्ष धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भए पश्चात मैले यस बजारसंग सम्बन्धित विभिन्न सुधारका कार्यहरुलाई रफ्तारका साथ अगाडि बढाएको छु । नियमनकारी निकायको रुपमा रहेको बोर्डको काम कारवाहीलाई पूर्ण रुपमा पारदर्शी बनाएको छु । मैले अगाडि बढाएका कार्यहरु पूँजी बजारको अन्तराष्ट्रीय मान्यता अनुरुप नै रहेका छन । मेरो नेतृत्वमा स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारका लागि मुख्य रुपमा देहाय अनुसारका कार्यहरु सम्पादन गरिएका छन् ।