२०८३ साउन १२ मंगलबार

झापामा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा पाँच सय पाँच उद्योग दर्ता

ई आर्थिक    शनिबार, माघ २१ २०७९
4.9K
Shares
झापामा आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा पाँच सय पाँच उद्योग दर्ता

ई–आर्थिक, झापा । झापामा छ महिनामा एक अर्ब रुपैयाँ बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९र०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख रुपैयाँ कूल पुँजी भएको पाँच सय पाँच वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले बताए ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएकामध्ये झण्डै ४४ प्रतिशत अर्थात् दुई सय २२ वटा कृषि तथा वनजन्य उद्योग छन्। दर्ता भएकामा उत्पादनमूलक ७९ र सेवामूलक दुई सय चार रहेको कार्यालयका कर्मचारी चन्द्र पौडेलले बताए ।

साउनमा एक सय सात, भदौमा एक सय ४४, असोजमा ५३, कात्तिकमा ४९, मंसिरमा ७७ र पुसमा ७५ वटा उद्योग दर्ता भए ।

दर्ता भएका ती उद्योगमा महिला र पुरुष गरी पाँच सय ४२ उद्यमी छन् । ती उद्योग सञ्चालनमा आएमा एक हजार दुई सय ८९ जनाले रोजगारी समेत पाउने देखिन्छ । दर्ता भएका उद्योगको उत्पादन क्षमता वार्षिक एक अर्ब ३९ करोड ६० लाख चार हजार रुपैयाँ छ । उद्योग दर्ताबापत कार्यालयले २० लाख १० हजार सात सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij