२०८३ साउन ११ सोमबार

मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ई आर्थिक    शुक्रबार, माघ ६ २०७९
12K
Shares
मिटरब्याजी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन् ।

गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी पासोमा परेको भन्दै शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानसँग प्रधानमन्त्री दाहालले भेट गरेका हुन् । पीडित किसानसँगको भेटमा प्रधानमन्त्रीले यस समस्यालाई आफूले समाधान गर्ने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ । मिटरब्याजी समस्याले हजारौँ किसान पीडित भएका छन् । यसलाई मैले राम्रोसँग बुझेको छु । यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु ।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij