२०८३ साउन ९ शनिबार

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न, बैंकको लाभांश र बोनस पारित

ई आर्थिक    सोमबार, माघ २ २०७९
5.1K
Shares
प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न, बैंकको लाभांश र बोनस पारित

ई–आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।

सञ्चालक समितिले सिफारिस गरेबमोजिम बैंकको चुक्ता पुँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय भएको छ । चुक्ता पुँजीको ४ प्रतिशतका दरले बोनस सेयर दिएपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोडभन्दा बढी हुनेछ ।

बैंकको नियमावलीअनुसार उक्त सभाबाट संस्थापक सेयरधनीहरू तर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij