ई–आर्थिक, काठमाडौँ। प्राइम कमर्सियल बैंकले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ति गर्नै विशेष प्रस्ताव पारित गर्दै कैलाश विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने निर्णय गरेको छ ।
प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति पश्चात शाखा संख्या एक सय ९९ हुनेछ । बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो शेयरधनीहरुलाई समय सापेक्ष प्रतिफल दिने बैंकले जनाएको छ ।