२०८३ साउन ९ शनिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि नेपाली वायुसेवा कम्पनीहरु उत्साहित

ई आर्थिक    शनिबार, पौस १६ २०७९
5.6K
Shares
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि नेपाली वायुसेवा कम्पनीहरु उत्साहित

ई–आर्थिक, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरु उत्साहित भएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार (जनवरी १ तरिख) देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरु उत्साहित देखिएका हुन् । वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

कम्पनीहरुले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको आवश्यक सबै सेवासुविधाहरु रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरुले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको पनि बताए ।

उनले आन्तरिक रुपमा उडान गर्ने यात्रुहरुले अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने बताए । प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान सञ्चालनमा आउँदा उडान रद्ध हुने समस्या हट्ने बताए ।

विमानस्थल सञ्चालनमा आएसँगै यति एयरलाइन्सले १० उडान थप्ने तालिका तयार पारेको पनि उनले बताए ।

त्यस्तै,बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए । उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए । प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरुहरुले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij