२०८३ साउन ११ सोमबार

सेयर बजारमा आज पनि हरियाली, ५९.८७ अंंकले वृद्धि

ई आर्थिक    मंगलबार, पौस १२ २०७९
4.5K
Shares
सेयर बजारमा आज पनि हरियाली, ५९.८७ अंंकले वृद्धि

ई–आर्थिक, काठमाडौं । नयाँ सरकार परिवर्तन भएसँग सेयर बजार लगातार उकालो लागिरहेको छ । हिजो सोमबार पनि हरियाली देखिएको सेयर बजार आज मंगलबार बिहानैदेखि उक्लिएको छ । आज नेप्से परिसूचकमा ५९.८७ अंकले वृद्धि भइ १९८३.८७ विन्दुमा पुगेर रोकिएको छ । मंगलबार ३.११ प्रतिशतले सेयर बजार बढेको हो । सोमबार भने नेप्से परिसुचक ५७ अंकले वृद्धि भएको थियो ।

साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, लक्ष्मी बैंकको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २० करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता नेपाल दुर सञ्चार कम्पनीको १४ करोड भन्दा बढीको कारोबार भएको छ ।

यता, सिद्धार्थ बिमा, बहुउद्देशीय वित्तिय संस्था, अजोड बिमा र सृजनशील लघुवित्तको १० प्रतिशतले मूल्य वृद्धि भएको छ साथै धौलागिरि लघुवित्तको मूल्य ९।९९ प्रतिशतले वृद्धि भएको हो ।

मंगलबार सबै उपसूचकहरू उकालो लागेका छ । सबैभन्दा धेरै इन्भेष्टमेन्टका ६.४३ प्रतिशत, होटल तथा पर्यटन, फाइनान्स, हाइड्रो पावरको ४ प्रतिशत बढीले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij