२०८३ साउन ११ सोमबार

काठमाडौंलगायत विभिन्न ठाउँमा बाक्लो हुस्सु, हुस्सुका कारण २५ वटा विमानस्थलका उडान प्रभावित

ई आर्थिक    बिहिबार, पौस ७ २०७९
6.8K
Shares
काठमाडौंलगायत विभिन्न ठाउँमा बाक्लो हुस्सु, हुस्सुका कारण २५ वटा विमानस्थलका उडान प्रभावित

ई–आर्थिक, काठमाडौं । काठमाडौंलगायत विभिन्न स्थानमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सुका कारण आन्तरिक उडानहरू प्रभावित बनेका छन् । बिहानैदेखि भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टममा सञ्चालित विमानस्थलहरूमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत १२ वटा विमानस्थलमा मात्र इन्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) सिस्टम जडान भएको छ भने बाँकी २५ वटा विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) सिस्टमबाट मात्र जहाज अवतरण र उडान गर्न सक्ने व्यवस्था छ । यी २५ वटै विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।

भिएफआर सिस्टममा तीन हजारदेखि पाँच हजार मिटर दूरीको भिजिबिलिटी हुनुपर्ने हुन्छ । आइएफआर सिस्टमका उडानका लागि आठ सय मिटरसम्म भिजिबिलिटी जरुरी हुन्छ । विशेष गरी बाक्लो हुस्सुका कारण मुख्य गरी उच्च पहाडी तथा तराईका विमानस्थलहरूको उडान प्रभावित बनेको छ । उडान नहुँदा जहाजमा आवतजावत गर्ने यात्रुहरू मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij