२०८३ साउन १२ मंगलबार

बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध मोरङका व्यवसायीहरुद्वारा संयुक्त आन्दोलनको घोषणा, झुकाउने तर नझुक्ने प्रतिबद्धता

ई आर्थिक    बुधबार, पौस ६ २०७९
6.4K
Shares
बैंक वित्तीय संस्थाको चर्को ब्याजदर विरुद्ध मोरङका व्यवसायीहरुद्वारा संयुक्त आन्दोलनको घोषणा, झुकाउने तर नझुक्ने प्रतिबद्धता

ई–आर्थिक, काठमाडौं । चर्को बैंक ब्याजदर विरुद्ध मोरङका उद्योगी व्यवसायीले अनिश्चितकालिन आन्दोलन घोषणा गरेका छन् । तार्किक निष्कर्षमा नपुगुन्जेल जारी राखिने यो आन्दोलनमा नेपाल उद्योग परिसंघ, मोरङ उद्योग संघ, मोरङ व्यापार संघ लगायतका ४० भन्दा बढी वस्तुगत संघले मिलेर संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

‘हामीले मोरङबाट आन्दोलनको घोषणा गरेका छौं, अब माग पुरा नभएसम्म रोकिन्नौं’, नेपाल उद्योग परिसंघ, प्रदेश १ का अध्यक्ष भिम घिमिरेले भने । उद्योगी व्यवसायीहरुले जुलुससहित नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय घेराउ गर्नेछन् ।

‘उद्योग व्यवसाय चलाउनै नसकिने अवस्था आयो, अब पनि चुप लागेर बस्ने हो भने व्यवसाय बन्द गरेर हिड्नुपर्छ, तर हामी त्यस्तो गर्दैनौं । अब झुक्दैनौं, झुकाउँछौं’’, घिमिरेले भने । उनीहरुले बिहिबार बिराटनगर क्षेत्रमा बजार बन्द गर्ने घोषणा पनि गरेका छन् ।

उद्योगी व्यवसायीहरूले पाँच सुत्रीय माग अघि सारेका छन्। चालु पुँजी कर्जा निर्देशिका खारेजी, एकल अंकको ब्याजदर, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij