२०८३ साउन ९ शनिबार

हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई आर्थिक    बिहिबार, मंसिर २९ २०७९
10.6K
Shares
हिमालयन बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

ई–आर्थिक, काठमाडौं । हिमालयन बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संखुवासभाको मादी नगरपालिका र धनकुटाको पाख्रिवास नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकको विराटनगरस्थित प्रदेश १ कार्यालय, मादी शाखा र हिले शाखाले संयुक्त रूपमा कार्यक्रम गरेका हुन् ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षकहरू, शिक्षा शाखा प्रमुख, व्यवसायी, विद्यार्थी तथा महिलाहरू गरी करीब ७० जनाको उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

सहभागीहरूलाई बैंक, वित्तीय साक्षरताको महत्त्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा पारिवारिक बजेट तयार गर्ने, बचत गर्ने बानी सुधार गर्ने, सहुलियतपूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, हुण्डी तथा त्यसका नकारात्मक असरलगायत विषयमा जानकारी गराइएको थियो । साथै सफा नोट नीति र नोटलाई जतन गर्ने तरीकाबारे पनि सहभागीहरूलाई जानकारी गराइएको बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij