ई–आर्थिक, काठमाडौं । विद्युतीय सवारी विक्रेता कम्पनी साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता गरिएको छ । बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बैंकबीच ग्राहकलाई कर्जालगायत बैंकिङ सुविधा सहज रूपमा उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो ।
सम्झौता अनुसार बीवाईडीको गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन् । बीवाईडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्नेछ ।
नेपाल राष्ट्र बैंकले विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको छ । बैंकले १२ दशमलव ९९ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिका लागि फाइनान्स सुविधा दिने सम्झौतामा उल्लेख छ । साइमेक्स इंकले नेपालमा बीवाईडीको एसयूभी एटो ३ र अल न्यू ई–६ विक्री गर्दै आएको छ ।