२०८३ साउन ९ शनिबार

रुसद्वारा युक्रेनमा पुनः भिषण क्षेप्यास्त्र वर्षा, ऊर्जा प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणबाट पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

ई आर्थिक    बुधबार, मंसिर २१ २०७९
5.8K
Shares
रुसद्वारा युक्रेनमा पुनः भिषण क्षेप्यास्त्र वर्षा, ऊर्जा प्रणालीलाई लक्षित गरी गरिएको आक्रमणबाट पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित

किभ : रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र आक्रमण गरेको छ । आठौं पटक गरिएको भीषण क्षेप्यास्त्र आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको बीबीसीले जनाएको छ ।

आक्रमणका कारण दक्षिण सहर ओडेसामा कम्तीमा ४ जनाको मृत्यु भएको जनाइएको छ । सोमबार र मंगलबार गरिएका आक्रमण यसअघिका भन्दा कम विनाशकारी भएका जनाइएको छ ।

युक्रेनी प्रहरीले भने रुसले प्रहार गरेका ७० मध्ये ६० वटा क्षेप्यास्त्र निष्क्रिय पारेको दाबी गरेका छन् । तर रुसले भने १७ वटा क्षेप्यास्त्र निशानामा प्रहार गरेको बताएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्सकीले रुसी आक्रमणपछि छिमेकी राष्ट्र मोल्दोभाका केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको जनाएका छन् । पछिल्ला आक्रमणहरू युक्रेनका लागि मात्रै नभई समग्र क्षेत्रका लागि चेतावनी भएको उनको भनाइ छ । रुसले पछिल्ला दिनमा युक्रेनको ऊर्जा प्रणालीलाई लक्षित गरी आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij