२०८३ साउन ९ शनिबार

चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएपछि फेरि नेपालमा कोभिडको त्रास बढ्यो

ई आर्थिक    सोमबार, मंसिर १२ २०७९
6.2K
Shares
चीनमा एकै दिन ४० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएपछि फेरि नेपालमा कोभिडको त्रास बढ्यो

ई–आर्थिक, काठमाडौं । चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन् ।

यसैबीच चीनमा कोभिड संक्रमितको संख्या बढेसँगै नेपालमा कोभिडको थप त्रास बढेको छ । अघिल्लो कोभिडको असरसँग जुधिरहेको बेला यो त्रास बढेपछि नेपालमा थप चिन्ता बढाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij