२०८३ साउन १२ मंगलबार

तीन जीवन व्यवसाय र चार निर्जीवन व्यवसायतर्फ गरी सात कम्पनीलाई लघुबीमाको लाइसेन्स

ई आर्थिक    सोमबार, मंसिर १२ २०७९
10.5K
Shares
तीन जीवन व्यवसाय र चार निर्जीवन व्यवसायतर्फ गरी सात कम्पनीलाई लघुबीमाको लाइसेन्स

ई–आर्थिक, काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको हो ।

प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो भने निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई लघु बीमाको लाइसेन्स दिएको हो ।

बीमा प्राधिकरणले भदौ १० गतेदेखि असोज १३ गतेसम्म लघु बीमा कम्पनीका लागि प्रस्ताव आह्वान गरेको थियो । समितिले आह्वान गरेको प्रस्तावमा ३१ वटाले निवेदन दिएका थिए ।
प्राधिकरणले आवेदकको शेयरधनीहरुको विवरण, व्यवसायिक योजना, प्रवन्धपत्र नियमावलीलाई अध्ययन गरी आवेदन दिएका ३१ आवेदन मध्येबाट सात कम्पनीलाई लाइसेन्स दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij