२०८३ साउन ९ शनिबार

बढी कर तिर्ने व्यवसायीलाई सरकारको सम्मान, बढी कर तिर्नेमा को–को ?

ई आर्थिक    बुधबार, मंसिर ७ २०७९
12.9K
Shares
बढी कर तिर्ने व्यवसायीलाई सरकारको सम्मान, बढी कर तिर्नेमा को–को ?

ई–आर्थिक, काठमाडौं । बढी कर तिर्ने व्यवसाय र व्यवसायीलाई सरकारे सम्मान गरेको छ । कर दिवसका अवसरमा पारेर सरकारले बढी कर तिर्ने विभिन्न क्षेत्रका व्यक्ति तथा व्यवसायीलाई सम्मान गरेको हो ।

सरकारलेआर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई बिभिन्न १५ वटा बिधामा सम्मान गरेको हो । सूर्य नेपाल सबैभन्दा धेरै कर तिर्ने करदाता बन्दा व्यक्तिगततर्फ भने विजय बहादुर शाहले सर्वाधिक कर तिरेका छन् ।

शाह जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन तथा विजय डिष्टिलरी लगायतका मालिक हुन् । आन्तरिक राजश्व विभागले आयोजना गरेको कर दिवस कार्यक्रममा धेरै रेमिटेन्स भित्र्याउने आइएमईका अध्यक्ष चन्द्र ढकालदेखि बजाज मोटरसाइकल बेच्ने शेखर गोल्छासम्म परेका छन् ।

नेपाल दुर सञ्चार कम्पनी लिमिटेड अर्थात एनटीसीले सबै भन्दा धेरै आयकर तिरेर सम्मान पाएको छ । बैंक तर्फ नबिल बैंकले सर्वाधिक कर तिर्ने कम्पनीको सम्मान पाउँदा बीमामा भने नेपाल पुनर्बीमा कम्पनी परेको छ ।

सम्मानित हुने व्यवसायी तथा कम्पनीहरु

नेपाल दुरसचार कम्पनी (एनटीसी)–धेरै आयकर

शिवशक्ति घ्यु– सर्वाधिक निर्यात

राजेश मेटल क्राफ्ट–विशेष सम्मान

ओसिबी फिड्स एन्ड फुड–कृषि

छिमेक लघुवित्त–लघुवित्त

नबिल बैक–सर्वाधिक कर तिर्ने बैंक

नेपाल पुनर्बीमा कम्पनी– सर्वाधिक कर तिर्ने बीमा

नोबेल टिचिगं हस्पिटल–सर्वाधिक कर तिर्ने स्वास्थ्य सेवा प्रदायक

मनकामना केवलकार प्रालि–पर्यटन

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि–वस्तु व्यापार

चिलिमे जलविद्युत–उर्जा

मध्यम स्तरीय करदाता

नेपाल धितोपत्र बिनिमय बजार लिमिटेड (नेप्से)

विजय बहादुर शाह–व्यक्तिगत तर्फ सर्वाधिक आयकर

आईएमई लिमिटेड– रेमिटेन्स कम्पनी

सुर्य नेपाल–सबैभन्दा धेरै सबै शीर्षकमा कर तिर्ने

गोर्खा ब्रुअरी–सबैभन्दा धेरै भ्याट तिर्ने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij