ई–आर्थिक, काठमाडौं । के एल दुगड समुहका अध्यक्ष किसनलाल दुगडलाई नेपाल बैंकले आफ्नो ८६ औ वार्षिकोत्सबको अबसरमा सम्मान गरेको छ । बैंकले किसनलाल दुगड आफ्नो सम्मानित, मर्यादित, नियमित सहयात्राीको रुपमा बैंकको स्थापना कालदेखि नै व्यवसायिक साझेदारको रुपमा रही रहेको र यो कुरा बैंकले चिरकाल सम्म संस्थागत रुपमा स्मरण गर्ने जनाएको छ ।
मुलुकमा आर्थिक कारोबारलाई प्रवद्र्धन गर्दै रोजगारी सृजना गर्ने, उत्पादन मुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपूर्ती प्रणालीलाई सहजिकरण गर्ने, आर्थिक कृयाकलाप सुचारु गर्दै उद्यमशिलताको विकास गर्ने कार्यमा किसनलाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएकोमा पनि बैंकले गर्व महसुस गरेको कुरा सम्मान प्रमाण पत्रमा उल्लेख छ ।
दुगडलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्मान प्रमाणपत्र प्रदान गरेका थिए । उक्त अवसरमा सम्मान ग्रहण गर्दै किसान लाल दुगडले आफूले पहिलो बैंकिङ कारोबार नेपाल बैंकबाट गरेको बताए ।
दुगडले सन् १९६० मा नेपाल बैंक मार्फत नै एलसी खोलेर जुट निर्यात गरेको र सन १९८१ मा बैंककै ईतिहासमा आज सम्मकै ठूलो एलसी मार्फत चामल बंगालादेश निर्यात गरेको बताएकाले दिए । बैंककै साथका कारण आफू तथा आफ्नो समुहले कृषि तथा बिभिन्न क्षेत्रसँग सम्बन्धित उद्योग खोली उत्पादित वस्तुहरु विदेशसम्म निर्यात गर्न सक्षम भएको उनले बताएका थिए ।