ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला आजबाट निर्वाचन अवधिभर मदिरा विक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई लक्षित गरी काठमाडौं, ललितपुर र भक्तपुरमा मदिरा विक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोजकत्वमा बुधबार बसेको तीनै जिल्ला प्रमुखसहितका सुरक्षा अधिकारी सम्मिलित बैठकले मदिरा विक्रीवितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० घनश्याम उपाध्यायले १ मंसिर राति १२ बजेदेखि ४ मंसिर राति १२ बजेसम्म मदिरा विक्रीमा रोक लगाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार मतगणनास्थल’चयगलम भने मतगणना नसकिँदासम्म मदिरा बेचबिखनमा रोक लगाइएको छ ।
बैठकले उपत्यकामा ४ मंसिर आइतबारका दिन सवारी–साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकेको मापदण्डबाहेकका सवारी–साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको प्रजिअ उपाध्यायले बताए ।
तीनवटै जिल्ला सम्मिलित बैठकले प्रशासन कार्यालयले १ र २ मंसिरमा अत्यावश्यक, शान्ति सुरक्षा, निर्वाचनसम्बन्धी कार्य, मुद्दा र विपद्बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, विपद्लगायत अन्य अत्यावश्यक विद्युत्, हेभी इक्विपमेन्ट, खानेपानीलगायत प्रवाह गर्ने निकायले आप्mना सेवा २४सैं घण्टा चुस्त राख्नुपर्ने निर्णयसमेत भएको छ ।
बैठकले तीनवटै जिल्लाको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको र सबै सुरक्षा सुदृढ पार्न सुरक्षा संयन्त्र परिचालन तथा जनजीवन सहज बनाउने निर्णय पनि गरेको छ ।
त्यस्तै, जिल्लाको शान्ति सुरक्षाको पछिल्लो अवस्था समीक्षा गर्दै कुनै कमीकमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने निणय गरिएको छ ।