२०८३ साउन ११ सोमबार

नायक पल शाहद्वारा नवलपुर जिल्ला अदालतको फैसला विरूद्ध उच्च अदालत पोखरामा निवदेन दर्ता

ई आर्थिक    शुक्रबार, कार्तिक २५ २०७९
7.7K
Shares
नायक पल शाहद्वारा नवलपुर जिल्ला अदालतको फैसला विरूद्ध उच्च अदालत पोखरामा निवदेन दर्ता

ई–आर्थिक, पोखरा । नायक पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा आज पुनरावेदन दिएका छन्। भदौ २१ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै साढे २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

शाह नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा थुनामा रहेका छन् ।

जिल्ला अदालतको फैसला उल्टाएर सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएको उनका कानुन व्यवसायी कमलामोहन बाग्लेले जानकारी दिनुभयो। उहाँले गोरखापत्रसँग भन्नुभयो, ‘नवलपुर जिल्ला अदालतले गरेको फैसलाको उपरमा उच्च अदालतमा पुनरावेदन दिइएको छ। सुरुमा जिल्ला अदालतले बाल यौन दुरुपयोगमा सजाय गर्न गरेको फैसला कानुनसंगत नभएकोले सफाइ पाउनुपर्ने जिकिर हो ।’

जिल्ला अदालत तनहुँमा विचाराधीन रहेको मुद्दाको पेसी आगामी २५ मंसिरमा तोकिएको छ । सुटिङका क्रममा पटकपटक करणी गरेको भन्दै नाबालिकाले पलविरुद्ध २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन्। आफूविरुद्ध उजुरी परेपछि केही दिन फरार अभिनेता शाहले फागुन १५ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

सुरुमा बलात्कृत भएको भनी उजुरी दिएकी नाबालिकाले पछि आफूलाई पलले बलात्कार नै नगरेको भन्दै जिल्ला अदालतमा बकपत्रको बयान फेरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij