२०८३ साउन १२ मंगलबार

नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

ई आर्थिक    सोमबार, कार्तिक २१ २०७९
6.5K
Shares
नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई महासंघको आग्रह

ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।

भेटवार्तामा नेपाल कोरिया बीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका कार्यवाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताउनुु भयो । दुवै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने हुंदा निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसंग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भैसकेको स्पष्ट पार्नुभयो । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफुहरूले गरेको उहांले बताउनुु भयो । नेपालमा सवै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको पनि उहांले जानकारी गराउनुु भयो ।

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनांउदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताउनुु भयो । महासंघले दिएका सुुझावहरूको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास समेत उहांले दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij