२०८३ साउन १० आइतबार

सिद्धार्थ बैंकको संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने

ई आर्थिक    सोमबार, कार्तिक २१ २०७९
6.2K
Shares
सिद्धार्थ बैंकको संस्थापक सेयर सर्वसाधारणले पनि किन्न पाउने

ई–आर्थिक, काठमाडौं । सिद्धार्थ बैंकले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij