२०८३ साउन १० आइतबार

तिहार पछिको सेयर बजार केही उत्साहजनक, गएको साता ४७ अंकले बढ्यो सेयर बजार

ई आर्थिक    शनिबार, कार्तिक १९ २०७९
5.9K
Shares
तिहार पछिको सेयर बजार केही उत्साहजनक, गएको साता ४७ अंकले बढ्यो सेयर बजार

ई–आर्थिक, काठमाडौं । तिहार पछिको सेयर बजार समग्रमा केही उत्साहजनक रह्यो । गत सोमबार बजार खोलेदेखि बढेको नेप्से कारण सातामा सेयर बजार सूचक ४७ अंकले वृद्धि भएको छ । लगातार रूपमा ओरालो लागेको सेयर बजार तीन दिन लयमा फर्किंदा बिहीबार भने पुनः नेप्से घटेको थियो ।

सोमबारदेखि बिहीबार चार दिन खुलेको बजारमा कुल ४ अर्ब २३ करोड ५८ लाख रुपियाँबराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी मंगलबार अर्थात् कात्तिक १६ गते १ अर्ब ४४ करोड रुपियाँबराबरको सेयर कारोबार भएको थियो । यस्तै, दोस्रो दिन कात्तिक १५ गते १ अर्ब २५ करोड ८७ लाख रुपियाँबराबरको सेयर कारोबार भएको तथ्यांक रहेको छ ।

सोमबार भने ६७ करोड ३६ लाख ३८ हजार रुपियाँको मात्र कारोबार भएको थियो । बुधबार भने ८५ करोड ४५ लाख ७९ हजार रुपियाँबराबरको सेयर कारोबार भएको थियो । गत मंगलबार साताभरिमा सबैभन्दा बढी ५६.१ अंकले नेप्से सूचक वृद्धि भएको थियो । बिहीबार भने १६ अंकले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij