२०८३ साउन ९ शनिबार

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेटले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने

ई आर्थिक    बिहिबार, कार्तिक १७ २०७९
9.6K
Shares
इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेटले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने

ई–आर्थिक, काठमाडौं । इन्टरनेट तथा टिभीसेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालि सर्बसाधारणलाई साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन गर्ने लक्ष्यसहित कम्पनीले नयाँ आर्थिक वर्ष सुरु भएसँगै पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ । कम्पनीले आफ्नो नाम बदलेर भायानेट कम्युनिकेसन लिमिटेड राखेको छ ।

पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीले चाँडै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको जनाएको छ ।

सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा भायानेटले सेवा प्रारम्भ गरेको थियो । सन् २०११ मा भायानेटले पहिलो पटक फाइबर–टू–द–होम (एफटीटीएच) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेको हो ।

सन् २०१६ मा कम्पनीले नेपालमै पहिलो आईपीटीभी सेवा सञ्चालनमा ल्याएको थियो । भायानेट देशका ३० शहरमा विस्तारित भइसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij