२०८३ साउन ९ शनिबार

भारतको गुजरातमा पुल भत्किँदा १३७ बढीको मृत्यु

ई आर्थिक    सोमबार, कार्तिक १४ २०७९
5.6K
Shares
भारतको गुजरातमा पुल भत्किँदा १३७ बढीको मृत्यु

गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

ई–आर्थिक, काठमाडौं । भारतको गुजरातमा पुल चुडिएर भएको दुर्घटनामा कम्तीमा पनि १३७ जनाको मृत्यु भएको छ । आइतबार साँझ गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएर भएको दुर्घटनामा उक्त संख्याको ज्यान गएको हो ।

मोरबीको उक्त मच्छु नदीमाथिको पुल भत्किँदा कयौँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ ।

पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । यसरी हेर्दा उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

घाइते भएका ७० बढीलाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ ।

पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्यान गुमाएकाका परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij