मन्त्रीपरिषद्का १५ निर्णय (सूचिसहित)
ई–आर्थिक, काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर लगानीको न्यूनतम सीमा तोकेको जानकारी गराउनुभएको हो ।
ऐन अनुसार विदेशी लगानीको न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको उहाँको भनाइ छ । उहाँले सरकारले नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा. डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएकोसमेत जानकारी गराउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९/६/८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने ।’

