२०८३ साउन ९ शनिबार

मत सर्वेक्षण गर्न नपाइने, मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने

ई आर्थिक    बिहिबार, असोज २७ २०७९
7K
Shares
मत सर्वेक्षण गर्न नपाइने, मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने

ई–आर्थिक, काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मत सर्वेक्षण गर्नेलाई निर्वाचन आयोगले कार्वाही गर्ने भएको छ ।

आयोगले विज्ञप्ती जारी गर्दै निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको भन्दै आयोगले सामाजिक सञ्जालको प्रयोग गरेर राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको अनुगमनबाट पाइएको उल्लेख गरेको छ ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ ९त० मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।’ आयोगद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij